गोरखामा राष्ट्रपति रनिङ शिल्ड असार १९ देखि २१ गतेसम्म हुने

गोरखा | असार १४, २०७९

गोरखामा राष्ट्रपति रनिङ शिल्ड असार १९ देखि २१ गतेसम्म हुने

 

गोरखा :      आठौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही महिनामा हुने भएको छ । सरोकारवालाहरुको सोमबार बसेको बैठकले असार १९, २० र २१ गते जिल्ला सदरमुकाममा प्रतियोगिता गर्ने निर्णय गरेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सान्तसिंह बस्नेतले जानकारी दिए ।

 

कोरोनाका कारण २ वर्ष यता हुन नसकेको प्रतियोगिता यस वर्ष भने वर्खामै भएपनि गर्ने निर्णय गरिएको उनले बताए । ‘कोरोनाले गर्दा यस अघि जिल्लामा खेल गतिविधि ठप्प भएका थिए,’ उनले भने,‘अहिले वर्खामै भएपनि प्रतियोगिता गर्नु पर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’ वर्खाले प्रतियोगिता गर्न केही कठिनाइँ भएपनि यसले जिल्लाको खेलकुद बिकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको अपेक्षा छ । प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तहमा रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले भाग लिनेछन् । ‘वर्षाले समस्या गर्छ भनेर प्रतियोगिता छोट्याएर ३ दिनको बनाएका छौं,’ उनले भने,‘हजार मिटर र १५ सय मिटर दौड सडकमा गराउँछौं । अन्य दौड भने ट्याक बनाएर रङगशालामा गरिनेछ ।’

 

सहभागिताका लागि सबै स्थानीय तहहरुलाई टेलिफोन मार्फत जानकारी गराइसकिएको छ ।  प्रतियोगितामा कवड्डी, भलिबल, एथ्लेटिक्सका विभिन्न बिद्याहरु, मार्सल आट्र्स तर्फ कराते ताइकान्दु र टेबल टेनिस लगायतका विद्यामा प्रतियोगिता गराइने आयोजकले जनाएको छ । ‘अब स्थानीय तहहरुले १७ गते अघि पालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड सम्पन्न गरी १८ गते साँझ सम्म बिजेता खेलाडी पठाइसक्नु पर्नेछ,’ अध्यक्ष बस्नेतले भने,‘जिल्लाका बिजेताहरु २२ गते प्रदेश स्तरीय प्रतियोगितामा भाग लिनलाई पोखरा पुग्नेछन् ।’ प्रदेश स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता असार २३ र २४ गते पोखरामा हुने बताइएको छ । त्यहाँ बिजेताहरुलाई राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा भाग लिन जानेछन् । सातौं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सिरानचोक गाउँपालिकाले जितेको थियो ।  प्रतियोगिताका लागि बजेट प्राप्त नभएपनि कार्यक्रम सकिएपछि माग गरिने उनले बताए । सदरमुकाममा आयोजना भएकाले उक्त प्रतियोगितामा गोरखा नगरपालिकाले र विभिन्न प्रायोजकहरुको पनि सहयोग उपलब्ध हुने आयोजकको अपेक्षा छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्